१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

हेटौँडा उपमहानगरपालिकाले गर्यो मकवानपुरमा रहेका रेफ्रिहरुलाई हेडसेट प्रदान

हेटौंडा । पछिल्लो समय हेटौंडाको खेलकुद विकासमा उत्कृष्ट भूमिका खेलेको हेटौँडा उपमहानगरपालिकाले मकवानपुरमा रहेका रेफ्रिहरुलाई हेडसेट प्रदान गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले मकवानपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष र सदस्य बिशाल घलानलाई करिब ७० हजार बराबरको हेडसेट हस्तान्तरण गरेका हुन् ।

बिश्वमा प्रबिधिको बिकास भएसगै हामीले पनि हाम्रो तर्फबाट हाम्रो जिल्लाको रेफ्रिको स्तर उन्नतिको लागि र प्रबिधिसंग जोडिनको हामीले सानो सहयोग गर्न पाउदा खुशि भएको नगर खेलकुद बिकास समितिको अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले बताए ।

यसैगरी मकावनपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष सरस्वती लो ले नगरपालिकाले गरेको सहयोगले हामीलाई हौसला मिलेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि