१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिने कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत हुनेछ ।

‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने
प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिनेछ ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’ प्रस्तुत गर्ने छन् ।

सभामा ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ) र माधव सापकोटाबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने कार्यक्रम छ ।

यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि