१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

संघीय संसदमा सांसदहरुको स्वास्थ्य परीक्षण

काठमाडौं । आज (मंगलवार) संघीय संसदमा सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने रोगहरुको देशव्यापी परीक्षण कार्यक्रम अन्तर्गत आज सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

सञ्चारकर्मीहरुसंग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अब हरेक वर्ष फागुनको महिला स्क्रिनिङको महिना हुने बताए । उनले हरेक स्वास्थ्य चौकीमा स्क्रिनिङको व्यवस्था गरिएको भन्दै सार्वजानिक सुचना जारी गरेको बताए ।

उनले भने, ‘फागुन महिना स्क्रिनिङको महिना भनेर घोषणा गरेका छौ । त्यो ग्रामिण भेगमा पुर्याउनको लागि नेपालको सबै स्वास्थ्य संस्थाहरुमा स्क्रिनिङ गराउनको लागि तोकेको मिति हो । अब हरेक फागुन महिना स्क्रिनिङको महिना हुनेछ ।’

उनले बढि प्रचारप्रसार गर्न र विश्वसनीयता बढाउन संसदमा स्क्रिनिङ गरेको बताए । उनले संसदभित्र भएका सबै कर्मचारी, सांसद लगायतको परिक्षण गरिएको पनि बताए ।

स्क्रिनिङमा मधुमेह जाँच, रक्तचाप, मिर्गौला सम्बन्धी रोगको जाँच, उचाइ र तौलको आधारमा बि.एम.आई मापन सेवा निःशुल्क प्राप्त गर्न सकिने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि