१५ फाल्गुन २०८२, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

विमा रकम प्राप्त गर्ने मनसायले आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ

कास्की ।  पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड स्थित आफ्नै पसलमा आगो लगाउने एक जना व्यक्ति पक्राउ परेका छन् ।

न्यूरोड स्थित शर्मा आईटी हबमा यही फागुन १६ गते आगलागी भएको थियो । आगलागी हुदा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई तत्काल दमकलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो  ।

त्यस घटना पश्चात पसल धनि रमेश शर्मा लोहारले ९४ लाख क्षेति भएको भनी गत १७ गते वडा प्रहरी कार्यालय वैदाममा निवेदन दिएका थिए ।

घटनाको वारेमा अध्ययन गर्दा शिखर ईन्स्योरेन्स कम्पनीमा एक करोड बराबरको विमा गरेको पाइएपछि घटना शंकास्पद लागेका जिल्ला प्रहरी कार्यालय कास्कीका  प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार कामदार बिदामा रहेको अवस्थामा गत माघ महिनामा ईन्सुरेन्स गराएको

रकम दावी गरी रकम लिने दुषित मनसायको साथ आफ्नै पसलमा शर्माले आगोलागी गरेका पाइएको बताए ।

उनलाई पक्राउ गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रब सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि