२७ आश्विन २०८२, सोमबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग

काठमाडौँ, २२ फागुनः सहकारी बचतकर्ता सँग सम्बन्धित विभिन्न नौ वटा सङ्घ सस्थाले बचत कर्ताको रकम यथा शीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घ, लघुवित्त तथा वित्तिय शोषण विरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियान लगायत सङ्घ संस्थाले आज यहाँ संयसक्त रूपमा पत्रकार सम्मेलन गरी बचत कर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालनकलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ९महासङ्घ०का अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म वित्तिय शोषण गर्ने सहकारी संस्थालाई कारबाही गर्दै पीडित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने धारणा राखे ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पीडित न्यायका लागि निरन्तर सङ्घर्षमा रहँदा पनि सरकारले न्यान दिन ढिलाइ गरिरहेको आरोप लगाए ।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले पीडितको न्यायका लागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनीहरूलाई भुक्तानी गर्ने र अपचलन गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर असुल गर्न सकिने सुझाव दिए ।

वित्तिय शोषण विरुद्ध किसान मजदुर आन्दोलनका संयोजक मिटरब्याजी समस्या समाधानका लागि सरकार सँग माग गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि