३ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब

चितवन, २२ फागुन । भरतपुर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि क्याथल्याब सञ्चालनको तयारी गरिएको छ ।

आगामी चैतभित्रमा काम सम्पन्न हुनेगरी उपकरण जडान भइरहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार एउटा सामान छुटेकाले थप केही समय लागेको हो । अस्पतालले यसै महिनादेखि क्याथल्याब सञ्चालन गर्ने तयारी गरेको थियो ।

पौडेलले भने, “जर्मनबाट सामान ल्याउँदा एउटा छुटेछ । चैतमा मात्र सामान आएर काम सम्पन्न हुनेछ ।” अस्पतालको वार्षिकोत्सव चैत्र २५ गते मनाउँदै गर्दा क्याथल्याब उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए।

क्याथल्याब जडानका लागि उपकरणमा रु ११ करोड ५० लाख खर्च भएको भन्दै उनले भौतिक निर्माणसहित रु १५ करोड हाराहारी खर्च हुने मेडिकल सुपरिटेन्डेन्ट पौडेलले जानकारी दिए । उनका अनुसार अहिले अस्पतालमा मुटुको उपचारमा डिएम गरेका तीन जना चिकित्सक हुन् ।

अस्पतालका मुटु रोग विशेषज्ञ डा मणि गौतमले अहिले मुटुको बहिरङ्ग ओपिडी सेवा, इको वार्डलगायत सेवा सञ्चालनमा रहेका जानकारी दिए ।

क्याथल्याब सञ्चालनमा आएसँगै ‘इन्टरभेन्सन कार्डियोलोजी’ सेवा सुरु हुनेछ । यससँगै ‘एन्जियोग्राफी’, ‘एन्जियोप्लाष्ट’, ‘पेजमेकर’ जडानलगायत सेवा दिन सकिने उनको भनाइ छ ।

क्याथल्याब मुटुको नसाहरू, धमनीहरू हेर्ने काम गरिन्छ सञ्चालनमा आएसँगै मुटुको नसामा बोसोले रोक्दा खोल्न सकिने डा गौतमले बताए । क्रमशः मुटुसम्बन्धी उपचार सेवा थप गर्दै लैजाने योजना रहेको उनले जानकारी दिए ।

उनका अनुसार प्रभावकारी सेवाका लागि अस्पतालमा कम्तीमा आठ जना मुटुरोग विशेषज्ञ कार्डियोलोजिष्ट आवश्यक पर्ने पर्दछ ।

भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । क्याथल्याब सञ्चालनमा आएसँगै सर्वसुलभ रूपमा यो सेवा आमनागरिकले पाउने अस्पतालले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि