Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

डा देवकोटाको स्वास्थ्य सचिवमा पदोन्नति

रासस
2 महिना अघि

काठमाडौँ, २२ फागुन । सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ ।

यही फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाएका डा देवकोटाले आजै कार्यभार सम्हाल्ने राससलाई बताए ।

डा देवकोटासँगै अन्य दुई जनाको नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया