१२ पुष २०८२, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

लगातार तेस्रो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, २१ फागुन । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा पछिल्लो तीन दिन भने लगातार दोहोरो अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक २५ दशमलव १६ अङ्कले घटेर दुई हजार आठ सय २१ दशमलव १३ को विन्दुमा कायम भएको हो ।

तीन सय आठ कम्पनीको दुई करोड ३३ लाख ४३ हजार दुई सय एक कित्ता शेयर एक लाख एक हजार छ सय तीन पटक खरिदबिक्री हुँदा रु १० अर्ब ९७ करोड २६ लाख ५४ हजार चार सय ७३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव शून्य चार, विकास बैंक एक दशमलव ३१, वित्त एक दशमलव ५५, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् शून्य दशमलव ३७ र लगानी समूह एक दशमलव २४ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बिमा एक दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९४, लघुवित्त शून्य दशमलव ५०, म्युचुअल फण्ड शून्य दशमलव १५, निर्जीवन बिमा एक दशमलव ५१ र अन्य समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ८४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ९६ करोड ७० लाख ९५ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को ११ लाख १३ हजार तीन सय ३५ कित्ता शेयर किनबेच भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि