३० फाल्गुन २०८२, शनिबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार

एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ, मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सांसद मनीष झाले सरकारले कुलमान लाई लखेट्न लागेको भन्दै विरोध जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमान सँग प्रतिशोध साँधेको बताएका हुन् ।

उनले भने, सरकारले कुलमान घिसिङ जस्तो कम्पनिलाई फाईदामा पुर्याउनेहरुलाई मूल्यांकन जिरोमा गरि रहेको छ , विभिन्न बहनामा आफ्ना कार्यक्रता भर्ति गर्न पाएन भनेर निष्काशन गरि रहेको छ । विभिन्न परिपञ्चहरु सिर्जना गरिरहेको छ, त्यसैले सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौं भने हजारौँ कुलमान ल्यानेछौँ ।

साथै, उनले उदयपुर सिमेन्ट कम्पनीबाट आज भन्दा ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरेका १०३ जनाले आज सम्म पाउनुपर्ने भुक्तानी नपाएको विषय उठाएका छन् ।

श्रम ऐन २०७४ को दफा १४८ को उपदफा १ मा कसैले अवकाश प्राप्त गरेको वा रोजगारी अन्त्यभएको १५ दिन भित्र पारिश्रमिक, सुविधान लगायतको भुक्तानी गरि सक्नु पर्ने प्रावधान रहेको भएपनि सरकारले तीन वर्ष सम्म पाउनुपर्ने सेवा सुविधा वापतको रकम नदिएको बताए ।

उदयपुर सिमेट कम्पनी बाट अवकाश पाएका १०३ जना मध्ये केहीको पैसाको अभावमा उपचार गर्न नसकेर मृत्यु भइसहेको र केही अझै अस्पतालमा रहेको बताए । उनीहरुले पाउनुपर्ने सेवा सु्विधा तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन सांसद झाले सरकारको ध्यानाकार्षण गराए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि