१५ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

ढोरपाटन बागलुङ, २१ फागुन । बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ ।

नगरपालिकाका नौ वटै वडाबाट सिफारिस भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।

किसानको माग र आवश्यकलाई मध्यनजर गरी नगरपालिकाले हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले बताए।

विभिन्न वडाका १९ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको उनको भनाइ छ ।

किसान र नगरपालिकाको गरी कूल रु नौ लाख ९२ हजार बजेटमा हाते ट्याक्टर उपलब्ध गराएको घिमिरेले बताए । प्रतिहाते ट्याक्टरको मूल्य रु ५२ हजार परेकोमा किसानले रु २६ हजार तिरेका थिए ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले ग्रामीण क्षेत्रका अधिकांश नागरिक कृषि र पशुपालन पेसामा आबद्ध रहेको हुँदा उनीहरुलाई व्यावसायिक बनाउन आधुनिक सामग्री प्रदान गरिएको बताए । पछिल्लो समय कृषिमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि