१२ पुष २०८२, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक घट्यो

काठमाडौँ, १९ फागुन । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय कम्पनीका तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ५५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि जीवन बीमा शून्य दशमलव ७७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, म्युचुअल फन्ड एक, निर्जीवन बीमा शून्य दशमलव ४६ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ एक दशमलव ३५, विकास बैंक शून्य दशमलव ८४, वित्त शून्य दशमलव ९३, होटल तथा पर्यटन एक दशमलव ८८, जलविद्युत् एक दशमलव २१, लगानी समूह शून्य दशमलव २४, लघुवित्त शून्य दशमलव ८८ र व्यापार शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब ३८ करोड ७४ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १७ लाख ७१ हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि