२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालमाअहिले खेलको महत्व पुर्नस्थापित भएको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा अहिले खेलको महत्व पुर्नस्थापित भएको बताएकी छन् ।

शनिबार ललितपुरमा चौथा] कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको अन्तिम दिन सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले खेलाडि भनेको सकरात्मक उर्जा दिने जमात भएको भन्दै राजनीतिकरणले ओझेलमा परेको खेलको महत्व अहिले पुर्नस्थापित भएको बताएकी हुन् ।

उनले भनिन्, ‘खेलाडि भनेको सकरात्मक उर्जा दिने जमात हो । अहिलेको खेलकुद हेर्दा बल्ल नेपालमा खेलको महत्व पुर्नस्थापित भएको जस्तो मलाई लागेको छ । पहिला पनि खेल जगतमा धेरै कुरा हुन्थ्यो तर बीचमा धेरै नै राजनीतिकरण भयो जसले गर्दा ओझेलमा पर्यो । अहिले फेरी यसको महत्व के हो भनेर नेपाली कांग्रेसका खेलाडी साथिहरु एकदमै जोडदारका साथ लाग्नु भएको छ । यो हेर्दा मलाई एकदमै खुसी लागेको छ ।’

उनले नेपाली कांग्रेसले युवाहरुको भविश्य बनाउन सक्ने भन्दै बाग्मती प्रदेशले युवाहरुलाई लक्षित गरेर खेलकुदलाई जोड दिएको बताइन् ।

यसैगरी उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, बाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ठ महर्जन, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सांसद डा.उदय समशेर राणा ,पुर्वमन्त्री मोहन बहादुर बस्नेत लगायतले आफ्ना धारणा राखेका थिए ।

 

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि