१८ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, पत्रकार सम्मेलन पनि रद्द

१७ फागुन, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको छ । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार करिब १० मिनेटसम्म कडा बहस चलेसँगै जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको हो।

सीएनएनमा प्रकाशित एक रिपोर्टका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार बहसपछि युक्रेनी प्रतिनिधिमण्डल ओभल अफिसबाट निस्किएर अर्को कोठामा गएको थियो । यद्यपि अमेरिकी टोली भने त्यहीँ बसेको थियो।

त्यसपछि ट्रम्पले उपराष्ट्रपति जेडी भेन्स, विदेश मन्त्री मार्को रुबियो र माइक वाल्ट्जसँग छलफल गरेका थिए।

छलफलका क्रममा ट्रम्पले जेलेन्स्की वार्ताका लागि उपयुक्त अवस्थामा नरहेको प्रतिक्रिया दिएका थिए । त्यसपछि उनले माइक वाल्ट्ज र रुबियोलाई जेलेन्स्कीकोमा आफैं गएर अब उनी फर्कने बेला भइसकेको सन्देश दिन आदेश दिएका थिए ।

उनीहरूसँग जेलेन्स्कीले विवाद मिलाउन सकिने र फेरि संवाद गर्न चाहेको बताए पनि उनले त्यस्तो अवसर पाएनन् ।

त्यसपछि दुवै नेताबीच हुने तय भएको संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिएको हो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि