२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखियो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखा परेको बताएका छन् ।  शनिबार ‘लागूऔषध विरुद्धको महाअभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले लागूऔषध समाजका लागि एउटा घातकको रुपमा देखा परेको बताएका हुन् ।

उनले भने, ‘लागूऔषध अत्यन्तै चुनौतिका रुपमा देखिसकिएको छ । समाजका लागि एउटा घातकको रुपमा देखा परेको छ । खास गरेर युवाहरुमा यसले अत्यन्तै नकारात्मक असर पारिरहेको छ । समाजकै लागि चुनौतिपूर्ण बन्दै गइरहेको छ । व्यक्ति व्यक्तिलाई यसले समाप्त गर्दैछ । समग्र समाजलाई यसले खोक्रो बनाउँदैछ । समाजलाई यसले आक्रान्त गरिरहेको छ भयानक रुपले । जो व्यक्ति लागूऔषधको दुव्र्यसनमा परेको छ उसको त जीवन समाप्तीतर्फ गएकै छ । तर समग्र परिवारले अत्यन्त पीडा र चिन्तामा जीवन निर्वाह गर्नुपरेको अवस्था छ ।’

साथै उनले समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध भएको बताए । उनले यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको बताए ।

उनले भने, ‘समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध बनेको छ । यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको छ । झण्डै ३३ प्रतिशत भन्दा बढी मानिसहरु लागूऔषधको दुव्र्यसनमा परेका छन् ।  एक दिनमा १७ जना मानिस आत्महत्या गरेर मरिरहेका छन् । मानिस लागूऔषध सेवन गर्छ र डिप्रेसनमा जान्छ यसको पछि पनि लागूऔषध नै छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि