२३ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

मुलुकको अर्थतन्त्रबारे राज्यमन्त्री निराश

१५ फागुन, काठमाडौं । सँस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सरकारले आर्थिक क्षेत्रमा आवश्यक निकास दिन नसकेको बताएका छन् ।

विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा एउटा निराशा छाएको भन्दै यसमा सरकारले आवश्यक निकास दिन नसकेको जस्तो अनुभव भएको बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा एउटा निराशा छ । विशेषगरि व्यापारी साथीहरुमा र आम जनतामा केही निकाश दिन नसकेको जस्तो अनुभव भइरहेको छ । तर नेपालमा पनि आगामी दिनमा आर्थिक रुपमा क्रान्ति हुनेछ र भोलिका दिनमा व्यवसायीलगायत सबैको स्तर माथि उठ्ने छ ।’

यसको साथै, उनले बजेट बनाउने पूर्वसन्ध्याको अवस्थामा सबैको सुझाव अनुसार नै अगाडि बढ्ने बताए ।

उनले भने, ‘हामी बजेट बनाउने पूर्वसन्ध्यामा छौ । ६ महिनाको कार्यकालमा धेरै मान्छेहरुसँग भेट पनिभयो । के गर्नुपर्छ भनेर सोध्दै गर्दा धेरै सुझाव पनि आएका छन् । आगामी बजेटमा खेल्नुपर्ने भूमिका र पाएका सुझावहरुलाई लिएर अगाडि बढ्ने छु ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि