काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मति भ्रष्ट भएको बताएका छन् ।
बुधबार काठमाडौंमा भएको पुरस्कार तथा सम्मान कार्यक्रमम ाबोल्दै उनले रम्तेल जस्तैः हजारौं सहिदको बलिदान बाट आएको परिवर्तनको मुल आधार जनयुद्धको विद्रुपीकरण हुनु दर्भाग्य भएको बताएका हुन् ।
उनले भने,पौडेलले एमाले–काँग्रेसले पूर्वाग ्रहीढंगबाटत्यसको अपमान गरेपनिजनयुद्धकै सहयात्री रामबहादुर थापा बादल ले न्यूनतम नैतिक धरातल बाट तल गिरेर जनयुद्धबारे दृष्टिकोण बनाउनु स्वभाविक होइन। न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्त भावले लडिएको जनयुद्धकै कमाण्डरको मति भ्रष्ट भएकै हो ?’ ।
उनले जनयुद्धकालमै रम्तेल लगायतका सहिदहरुको स्मृतिमा फागुन १४ देखि २१ सम्म साता व्यापी सहिद सप्ताहा अभियानको सुरुवत गरेको र आजपनि त्यसैको निरन्तरता स्वरुप देशभर अभियान चलिरहेको पनि बताए ।
त्यस्तै,अखिल क्रान्तिकारीका सह–फ्याक्सन ईन्चार्ज पञ्चा सिंहले
दिल बहादुर रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट स्थापित वर्तमान गणतन्त्रात्मक व्यवस्थामा आसिन प्रधानमन्त्रील ेसमेत जनयुद्धको अपमान गरेको भन्दै आक्रोष व्यक्त गरिन् ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी सिंहले जनयुद्धको विद्रुपी करण नगर्न चेतावनी दिदै उनले भनिन्,‘संघर्ष नगरी फल खाइरहेका केपी ओली ले विरोध गरे पनि जनयुद्धमा बलिदन गर्न सिकाउने बादल कमरेड हरुलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो ?’केपी ओली को चाकडी गर्नकै निम्ति तल गिर्नु गलत भएको धारणा राख्दै उनले थप भनिन्,‘राम बहादुरहरुका मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन, खबर्दार अति भयो, अब सहन सकिन्न ।’
कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालले केन्द्रीय सचिव पौडेलको प्रमुख आतिथ्यतामा सहिद रम्तेलकी आमा किर्कौली रम्तेल सरिमाया लाई नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरेको थियो ।







