२३ फाल्गुन २०८२, शनिबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन एनपी साउदको माग

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठक बोल्दै उनले सिँचाइ परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका– ८ र ९ मा बसोबास गर्दै आएका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

उनले भने, ‘महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा केही किसानको जग्गा अधिग्रहणमा परेको छ । अधीग्रहणमा परेको जग्गामध्ये शुक्लाफाँटा नगरपालिका–८ र ९ का मुक्त कमैयालाई उपलब्ध गराइएको जमिन पनि परेको छ, जमिन अधीग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिँचाइ मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन् ।

परियोजनाका सन्र्दभमा किसानले मुआब्जा कम भयो र बढाई दिनुपर्छ  भनेर सिडियो कार्यालयमा निवेदन दिएर गृह मन्त्रालयबाट पुर्न मूल्यांकन गर्नुपर्ने माग राखिरहेको बेला मुक्त कमैयाले समेत अलपत्र पर्नु गम्भीर घटना हो ।

साथै उनले किसानले मुआब्जा रकम कम भएका कारण मुआब्जा बढाइदिन जिल्ला प्रशासन कार्यालयमा निवदेन दिए पनि सुनुवाइ नभएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि