२३ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

स्वेलडाँडा सडक स्तरोन्नति

भक्तपुर, १२ फागुन । चाँगुनारायण नगरपालिका–१ स्थित स्वेलडाँडा सडक स्तरोन्नति सुरू भएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उक्त सडक स्तरोन्नतिको आज शिलान्यास गरे ।

बागमती प्रदेश सरकारको रु एक करोड ५० लाख र चाँगुनारायण नगरपालिकाको रु एक करोड ५० लाख गरी समपूरक शीर्षकअन्तर्गत उक्त सडक स्तरोन्नति गर्न थालिएको हो ।

नगर प्रमुख खत्रीले दुवाकोटको विकट मानिने स्वेलडाँडाअन्तर्गतको सडक स्तरोन्नतिको काम भइरहेको बताए ।

बाँकी सडक पनि चालु आर्थिक वर्षभित्र स्तरोन्नति गरिने उनको भनाइ छ । नगर प्रमुख खत्रीले निर्माण व्यवसायीलाई निर्धारित समयमै सडक निर्माणको काम पूरा गर्न आग्रह गरे ।

चाँगुनारायण–१ दुवाकोट सरस्वतीखेलका वडाध्यक्ष सिजन कार्कीले समपूरक बजेटअन्तर्गत प्रदेश सरकार र नगरपालिकाको लागतमा निर्माण हुने यो सडकले स्थानीयको जनजीवन सहज हुने बताए ।

उक्त सडक आउँदो असारभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि