२० माघ २०८२, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रुपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ६० पैसा र बिक्रीदर एक सय चार रुपैयाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि