२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा तेह्र जना पक्राउ

काठमाडौँ, ११ फागुन । आपराधिक गतिविविधमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट १३ जना पक्राउ परेका छन् । लागुपदार्थ बोकेको अभियोगमा सबैभन्दा धेरै पक्राउ परेका हुन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–३२ मजुवा, कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेट, बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ र रूपन्देही, सैनामैना नगरपालिका–१ रानिबगिया चोकबाट गाँजासहित सात जनालाई शनिबार पक्राउ गरिएको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१, टीकापुर नगरपालिका–७ बनगाउँ, सुनसरीको धरान उपमहानगरपालिका–१७ सिमी चोकबाट पाँच जनालाई खेरो हेरोइन तथा चिकित्सकको पूर्जीबिना विविध ठूलो परिमाणमा औषधिसहित पक्राउ गरिएको छ ।

साथै कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेपाखाका ५९ वर्षीय मनबहादुर विकलाई दुई थान भरूवा बन्दुक र बारूदसहित नियन्त्रण्मा लिइएको छ । अभियुक्त सबैलाई कानुनी कारबाहीका निम्ति सम्बन्धित निकायमा पठाइएको जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि