२९ चैत्र २०८२, आईतवार
कोशी मुख्‍य समाचार समाचार समाज

नेपालमा हाब्रे पुस्तक विमोचन

इलाम । हाब्रे (रेडपाण्डा) बारे जानकारी गराउने गरि ‘नेपालमा हाब्रे’ नामक पुस्तक विमोचन गरिएको छ । गिरिराज बाँस्कोटाले सम्पादन गरेको इलाममा शनिवार उक्त पुस्तक विमोचन गरिएको हो ।

इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश बन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, बन तथा भूमि विभागका उपनिर्देशक धनञ्जय लामिछानेसहितले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

पुस्तक रेड पाण्डा नेटवर्क र श्री दीप ज्योती युवा क्लबले प्रकाशन गरेको हो ।

पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन् ।

पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्कि, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सिताराम गुरागाई, विप्लव भटराई, भिम चापागाई, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतको लेख रहेको छ ।

पुस्तकले रेड पाण्डा बारे नीति निर्माण र संरक्षणका लागी महत्वपूर्ण हुने अपेक्षा राखिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि