१८ कार्तिक २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

प्रविधि उपयोगबाट समृद्धि हासिल गर्न सकिने

काठमाडौं । अहिले विश्वको अर्थव्यवस्था फरक ढंगले अगाडी बढेको भन्दै सरोकारवालाहरुले प्रविधि उपयोगबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

नेपालले छिमेकी राष्ट्रको ज्ञान, सीप तथा प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो ।

फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले शनिबार राजधानीमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध र नेपालको आधुनिक विकास विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले विश्व राजनीति नै फरक ढाँचाले अघि बढिरहेको बेला छिमेकी राष्ट्रसँग आर्थिक सम्बन्ध बलियो राख्नुपर्ने सुभाव दिएका हुन् ।

आईटी विज्ञ बसन्त पन्तले अर्थतन्त्र समृदिको मूलपाटो प्रविधिको विकाससँग जोडिएको भन्दै विकासको गति नै प्रविधिको विकास सँग जाडिएको बताए ।

प्रविधिले अवसर र चुनौति सँगसँगै आएको छ भन्दै उनले समयको माग अनुसार सही ढंगले अगाडी बढेनौं भने हामी पछाडी पर्ने बताए ।

कार्यक्रममा फ्रेण्डस् अन द क्लाउड प्लेटफर्मका अध्यक्ष शोभित उप्रेतीले नेपालले छिमेकीबाट सिक्दै प्रविधिको अधिक उपयोग गरेर आर्थिक विकासमा अघि बढ्नुपर्ने बताए ।

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली, डा. केशव बस्याल, लालकृष्ण केसी, पत्रकार ठाकुर बेल्बासे, तारा बस्याल लगायतले नेपाल– चीन सम्बन्ध र त्यसले नेपालको आर्थिक विकासमा पुगेको योगदानको विषयमा आफ्ना भनाई राखेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि