१६ मंसिर २०८२, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

अर्घाखाँचीमा लोकभजन प्रतियोगिता

अर्घाखाँची, ९ फागुन । धार्मिक पर्यटक आकर्षित गर्न अर्घाखाँचीको पाणिनीमा खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ ।

यही फागुन १४ गते महाशिवरात्रिको दिन लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको आयोजनामा भजन प्रतियोगिता हुने भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए ।

संस्कृत व्याकरण र लोक भजनको उद्गमस्थल मानिने पाणिनी तपोभूमी, दुर्वाशेश्वर गुफालगायतका धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता राखिएको उनको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ३३ हजार तीन सय ३३, दोस्रो हुनेलाई रु २२ हजार दुई सय २२, तेस्रो हुनेलाई रु ११ हजार एक सय ११ तथा सान्त्वना हुनेलाई रु पाँच हजार पाँच सय ५५ प्रदान गरिने लायन्स क्लबका सचिव घनश्याम पौडेलले जानकारी दिए।

धार्मिक क्षेत्रको प्रवर्द्धनका साथै भजन संरक्षणमासमेत यो प्रतियोगिता सहयोगी बन्ने आयोजकको अपेक्षा छ । अर्घाखाँचीसहित गुल्मी, पाल्पा, प्यूठान, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाबाट भजन मण्डली आउने तयारी रहेको आयोजकले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि