१५ फाल्गुन २०८२, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक दैनिक हाजिरी जमानीमा छुटे

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन सत्रमा बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको हो ।

नेपाल सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते हुने गरी फागुन ३ गते पड्किएको उक्त बेलुनमा अनुमति बिना हाइड्रोजन ग्याँस भरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा उनै कमलेशले बेचेको बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट झिल्को लाग्दा विस्फोट भएको थियो । कमलेश त्यहि दिन पक्राउ परेका थिए ।

हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरु दुवैजना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

घटनाको छानबिन गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले काम पनि थालिसकेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि