२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को आजदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आज र शुक्रबार बस्ने तयारी गरिएको बैठक पार्टी पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधनप्रति शोक प्रकट गर्न स्थगित गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

बैठक शुक्रबार र शनिबारलाई सारिएको उनले जानकारी दिए ।

कलेजोसम्बन्धी रोगले ग्रस्त सापकोटाको उपचारका क्रममा आज बिहान करिब ४ बजे चाबहिलको हेल्पिङह्यान्ड हस्पिटलमा देहावसान भएको हो ।

सो पार्टीले शोक वक्तव्य जारी गर्दै सापकोटाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

केन्द्रीय कमिटी बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधन, अध्यादेशका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि