१६ मंसिर २०८२, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

पाल्पाका नागरिकलाई घरआँगनमै सेवा

रामपुर पाल्पा, ८ फागुन । राज्यका विभिन्न निकायबाट प्रवाह हुने सेवा रामपुर नगरपालिको अगुवाइमा घुम्ती शिविर सञ्चालन गरेर गाउँगाउँमा प्रवाह भएको छ । आफ्नो घरआँगनमै सेवा पाएर सेवाग्राही मक्ख परेका छन् ।

घुम्ती शिविरमार्फत गाउँमै सेवा पाउँदा धेरै सजिलो भएको रामपुर–९ बस्ने स्थानीय राजन सुनार बताउछन् । “सानो कामका लागि धेरै समय बिताउनुपर्ने, यातायात खर्च, कहिलेकाहीँ सोही दिन काम सम्पन्न नहुँदा अर्को दिन फेरि धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ”, उनले भने ।

हिउँदे अधिवेशनबाट बजेट रकमान्तर भएका योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जीकरण सेवा, व्यवसाय दर्ता तथा नवीकरण, कृषि तथा पशु सेवालगायतका सेवा आँखा, कान, घाँटी तथा दन्त परीक्षणसहित सेवा प्रवाह शिविरमार्फत भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितका अनुसार शिविरमा छ सय १० सेवाग्राहीले सेवा लिएका छन् । भविष्यमा पनि यस्ता शिविर सञ्चालन गरिने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि