२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ का परीक्षार्थीहरूको लागि पुराना आंशिक र ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

आगामी २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षामा साधारणतर्फ र प्राविधिकतर्फका परीक्षार्थीहरूको परीक्षा तालिका प्रकाशित गरिएको हो ।

परीक्षा नियन्त्रण कार्यालयले साधारणतर्फ रजिष्ट्रेशन नम्बरमा सुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ सुरुका दुई अंक ७३ देखि ७८ हुने परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

यो तालिका अनुसार साधारणतर्फ पुराना आंशिक तथा ग्रेडवृद्ध र प्राविधिकतर्फ आंशिकको परीक्षा हुन लागेको हो ।

वार्षिक परीक्षा आगामी बैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गते सकिने छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि