५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प

काठमाडौँ, ८ फागुन । ओटावास्थित नेपाली दूतावासद्वारा हालै क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर क्याम्प सञ्चालन गरियो ।

शिविर हिन्दू बौद्ध फाउन्डेसन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया, गैरआवासीय नेपाली सङ्घ क्यानडा र त्यस प्रान्तमा रहेका नेपाली र अन्य सामुदायिक संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त दूतावासले आज जनाएको छ ।

शिविरमा नेपाली नागरिकहरू, विशेष गरी क्यानडाको ब्रिटिस कोलम्बिया, सास्काचेवान, मनिटोबा र अल्बर्टा प्रान्तहरूमा रहेका नेपाली विद्यार्थीहरूले राहदानी नवीकरण र अन्य कन्सुलर सेवा प्रदान गरिएको थियो ।

केही समयदेखि उक्त दूतावासले नेपाली समुदाय र विद्यार्थी रहेका प्रान्तहरूको नजिक शिविरमार्फत यस्तो सेवा प्रदान गर्दै आएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

साथै उक्त दूतावासले भ्यानकुभरमा रहेका नेपाली उद्यमीहरूसँग पनि छलफल कार्यक्रम आयोजना गरेको छ ।

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले उद्यमीहरूलाई आफ्नो विशिष्ट सीप, विशेषज्ञता र सम्भावनाहरूलाई मातृभूमिको समृद्धिको लागि पनि प्रयोग गर्न अनुरोध गरे ।

नेपाल सरकारले गरेका नीतिगत सुधारबारे जानकारी दिँदै उनले उद्यमीहरूलाई नेपाल र क्यानडाबीच व्यापार प्रवद्र्धन गर्न र नेपालमा प्रविधि र लगानी पु¥याउन आग्रह गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि