१४ फाल्गुन २०८२, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

फेवातालको छेउमा प्रहरी विट स्थापना

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा प्रहरी विट स्थापना भएको छ ।
पोखराको लेकसाईडबाट नजिकै रहेको सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानियको पहलमा प्रहरी बिट स्थापना भएको हो ।

नवनिर्मित प्रहरी विटको बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भोलाबहादुर रावलले उद्घाटन गरे ।

सेदीको वाई.यु.के.सुपर मार्केटकै प्राङ्गणमा निर्माण गरिएको प्रहरी विटमा ६ जना प्रहरी रहने जनाइएको छ । करीब १६ लाखको लागतमा बनेको प्रहरी विटमा कार्यालय, भान्सा कोठा, सुत्ने कोठा, शौचालय र बाथरुमपनि रहेका छन् । त्यसबाहेक गैह्राको चौतारादेखि रातोमाटेसम्म १२ वटा गुणस्तरीय सिसी क्यामरा पनि जडान गरिएका छन् ।

प्रहरी विट रहेको स्थानमा प्रहरी विट व्यवसायी युवराज खतिवडाले बनाई दिएका हुन् भने त्यहाँ चाहिने आवश्यक सामाग्री पनि आफूले नै व्यवस्थापन गरेको उनले बताए । त्यसबाहेक सिसी क्यामरालगायतका खर्च भने हाललाई आफूले दिएपनि स्थानियले अर्थ संकलन गरेर फिर्ता गर्ने गरी गरिएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी भोलाबहादुर रावलले शान्ति सुरक्षा कायम गर्ने पहल अन्तर्गत प्रहरी विट निर्माण भएको भन्दै यसमा आवश्यक जनशक्ति व्यवस्थापन चाँडै गर्ने प्रतिबद्धता जनाए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि