१८ कार्तिक २०८२, मंगलवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

मन्थली नगर कप : पुरुष भलिबलको उपाधि चिसापानीलाई , महिलाको उपाधि भटौलीलाई

रामेछाप । मन्थली नगरपालिकाको तेस्रो मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ ।

चिसापानीले मन्थली–१० चनखुलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । बुधबार मन्थलीमा भएको खेलमा चिसापानीले चनखुलाई २५–१९, २५–९ र २५–१२ ले हराएको छ ।

उपाधि सहित चिसापानीले नगद १ लाख रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा मन्थली–७ भटौली तेस्रो भएको छ । उसले नगद ३० हजार रुपैँया ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा १४ वटा वडाका १४ टिमले भाग लिएका थिए ।

तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपको उपाधि भने मन्थली–७ भटौलीले जितेको छ । महिला तर्फको प्रथम हुने टोलिले नगद ५० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त छ । महिला तर्फको खेलमा ७ टिमले भाग लिएका थिए ।

विजयी टिम र खेलाडीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत लगायतले सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected