२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

रासस समाचार ‘बुलेटिन’ कक्ष खुला

काठमाडौँ, ७ फागुन । राष्ट्रिय समाचार समिति ले आजदेखि ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन’ कक्ष सर्वसाधारणका लागि खुला गरेको छ ।

राससको ६४औँ वार्षिकोत्सव मूल समारोहका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कक्षको उद्घाटन गरे ।

विसं २०१८ फागुन ७ गते रासस स्थापना भएदेखि हालसम्मका समाचार बुलेटिनलाई सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ ।

राससको महत्वपूर्ण सम्पत्ति र उपलब्धिका रूपमा रहेको समाचार बुलेटिनलाई पत्रकारिता गरिरहेका विद्यार्थी र मिडिया अध्येताका लागि खुला गरिएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताए ।

उहाँले रासस राज्यको संस्था भएको र यसका बुलेटिन र समाचार सामग्रीहरू राससको मात्रै नभएर सम्पूर्ण नेपालीको सम्पत्ति भएकाले ती बुलेटिन अध्ययन अनुसन्धान गर्ने अवसर सबैले पाउन भन्ने उद्देश्यले बुलेटिन कक्ष अध्ययन अनुसन्धानका लागि खुला गरिएको बताए ।

रासस समाचार बुलेटिन कक्षले मिडियाको अनुसन्धानमा रुचि राख्ने, आमसञ्चारका विद्यार्थी र क्रियाशील पत्रकारलाई लाभ हुनाका साथै नेपालमा समाचार ‘एजेन्सी’को विकासका सन्दर्भमा अध्ययन गर्न सघाउ पुग्ने राससका महाप्रबन्धक सिद्धराज राईले बताए।

भूकम्पले राससको भवन भत्काएपछि गोदाममा थुप्रिएका र जीर्ण भएका बुलेटिनलाई सङ्ग्रह गरी राससको इतिहासलाई जीवन्त बनाउन र अभिलेखलाई दुरुस्त बनाउन बुलेटिन कक्ष स्थापना गरिएको उनले जानकारी दिए।

राससले चौबिसैँ घण्टा राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका आधिकारिक र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको छ । राससको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रम जारी छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि