६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

तीन सय विपन्न परिवारलाई कम्बल वितरण

कञ्चनपुर, ६ फागुन । यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले ३०७ विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।

नगरपालिकाको चालु आर्थिक वर्षका लागि तय गरिएको कार्यक्रमअन्तर्गत १२ वटै वडाका अति विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिलालगायतलाई कम्बल वितरण गरेको हो ।

वडा कार्यालयबाट सिफारिस भई आएका नामावलीका आधारमा कम्बल वितरण गरिएको नगर उपप्रमुख कल्पना पन्तले जानकारी दिए । वडा कार्यालयमै पुगेर कम्बल वितरण गरिएको नगर उपप्रमुख पन्तले बताए ।

“चिसोबाट जोगाउन कम्बलले सहयोग पुग्ने विश्वास लिएका छौँ”, उनले भने, “यस वर्ष कम्बल वितरण ढिलो भए पनि अर्को वर्षदेखि समयमै न्यानो कपडा वितरण गर्नेछौँ ।”

नगरपालिकाले प्रत्येक वर्ष दातृ निकायको सहयोग र नगरपालिकाको स्रोत परिचालन गरी विपन्न, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा, कम्बल, ह्विलचेयरलगायतका सहायक सामग्री वितरण गर्दै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि