१४ फाल्गुन २०८२, बिहीबार
कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार

फुङ्लिङ ताप्लेजुङ, ६ फागुन । यहाँको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ ।

पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि, इटहरीको सहकार्यमा बुधबारदेखि दन्त परीक्षण गरी पूर्ण वा आंशिक रूपमा दाँत उपलब्ध गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिए ।

दक्ष दन्त चिकित्सकमार्फत सेवा प्रदान गरिने पालिकाले जनाएको छ ।

पालिकाले प्रत्येक वडामा शिविर सञ्चालन गर्ने जनाएको छ । फागुन ७ गते वडा नं १ निघुरादिन, ८ गते वडा २ फूलबारी, ९ गते वडा ३ हाङपाङ मा सेवा प्रदान गरिनेछ ।

त्यसैगरी, फागुन १० र ११ गते वडा ४ चाँगे र वडा ५ कार्यालय भवनमा शिविर सञ्चालन हुनेछ ।

लाभग्राहीले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि