१४ फाल्गुन २०८२, बिहीबार
कोशी मुख्‍य समाचार समाचार समाज

अग्निपीडितलाई आर्थिक सहयोग

किमाथाङ्का सङ्खुवासभा, ६ फागुन । यहाँको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारका अग्निपीडितलाई नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटीले रु १२ लाख १८ हजार पाँच सय सहयोग गरेको छ ।

गत माघ २ गते सभापोखरी–६ बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका थिए ।

अग्नीपीडितलाई आर्थिक सहयोग सङ्कलन गरी हस्तान्तर गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष खड्गबहादुर राईले जानकारी दिए ।

एमाले सभापोखरी गाउँ कमिटीका उपाध्यक्ष तिलक लिम्बूको संयोजकत्वमा सहयोग रकम सङ्कलन गरिएको थियो ।

पीडितका लागि एमाले सभापोखरी गाउँ कमिटीबाट रु सात लाख ३९ हजार आठ सय ८१, राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी रु दुई लाख ५३ हजार चार सय ४८, अखिल नेपाल महिला सङ्घ सभापोखरीबाट रु छ हजार सात सय ५० सङ्कलन गरिएको अध्यक्ष राईले बताए।

आगलागीबाट रु एक करोड ५० लाख बढीको क्षति भएको थियो । आगलागीले बाह्रबिसेका लालसिंह लिम्बू, रामबहादुर राई, अनिता राई र सुशील तामाङको घर जलेर नष्ट भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि