२९ मंसिर २०८२, सोमबार
जीवनशैली प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

धनुषामा ७ नव जोडीको दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह सम्पन्न

धनुषा । सतलोक आश्रम धनुषामा ७ नव जोडीहरुको दाइजो रहित सामुहिक विवाह सम्पन्न भएको छ ।

समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ३८औँ बोध दिवसको अवसरमा आइतबार दाइजोमुक्त सामुहिक विवाह गराइएको हो ।

सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा फाल्गुन ३ गत्तेदेखि ५ गतेसम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन आइतबार(आज) विभिन्न सामाजिक कार्यक्रमहरु गरिएको छ । त्यस्तै, उपस्थित अनुयायीहरुले  नेपाल रेडक्रस सोसाइटीलाई ६० युनिट रक्तदान पनि गरेका छन् ।

आइतबार भएको कार्यक्रमहरुमामा पूर्व केन्द्रिय सांसद रामचन्द्र झा, पूर्व केन्द्रिय मन्त्री मातृका प्रसाद यादव तथा अन्य विशिष्ट व्यक्तिहरु, सशस्त्र प्रहरी धनुषाका पदाधिकारी, धनुषाका विभिन्न नगरपालिकाका मेयर तथा वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको दोस्रो दिनसम्म करीब ४ लाख बढीको सहभागीता भएको आश्रमले जनाएको छ ।

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected