१० फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

परराष्ट्रमन्त्री डा राणा ओमान प्रस्थान

काठमाडौँ, २ माघ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ ।

भ्रमणको दौरान मन्त्री डा राणाले ‘समुद्री साझेदारीको नयाँ क्षितिजतर्फको यात्रा’ भन्ने नाराका साथ ओमानको राजधानी मस्कटमा आयोजना हुने ‘आठौँ हिन्द महासागर सम्मेलन’ मा भाग लिनेछ।

भ्रमणका क्रममा मन्त्री डा राणाले ‘विश्वको दक्षिणी भेगको आवाजलाई बुलन्द पार्ने’ शीर्षकमा सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुने मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । साथै उनले ओमानका विदेशमन्त्री, ऊर्जा तथा खनिजमन्त्री र ओमानका अन्य सम्बन्धित मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । यस अतिरिक्त आपसी सहयोगका क्षेत्रमा केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

परराष्ट्र मन्त्री डा राणाले खाडी सहयोग परिषद् जिसिसी राष्ट्रहरूमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक गर्नेछ । साथै मस्कटमा रहँदा नेपाली समुदायलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि