१३ फाल्गुन २०८२, बुधबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

आफ्नै कमि कमजोरी ढाक छोप गर्छौं भने हामी कहिले सुध्रिन सक्दैनौं  : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले आफ्नो काँधमा आएको कुनै पनि जिम्मेवारी एकदमै पूर्ण रुपले टुङ्गाउन नसकेको किन भन्ने ठूलो प्रश्न कडा भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको छैटौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले विचारमा रक्तसञ्चार र संगठनमा गतिशिलता आउन नसकेको भन्दै यसमा ठूलो प्रश्न उठेको बताएका हुन् ।

उनले भने, ‘अहिले किन हाम्रो विचारमा रक्तसञ्चार भईरहेको छैन, किन हाम्रो संगठनमा गतिशिलता छैन, किन हामी कुनैपनि पाएको जिम्मेवारी एकदमै पूर्ण रुपले टुङ्गाउन सक्दैनौं । किन यो आजको हाम्रो प्रश्न हो । हामी आफ्नो कमि कमजोरी ढाक छोप गर्ने काम गर्छौ भने हामी कहिले सुध्रिन सक्दैनांै । गएको चुनावमा पनि कमजोरी भएको थियो, हाम्रो पार्टी पहिलो पार्टी हुनु पर्दैन ।’

यसको साथै, उनले केन्द्रीय च्यासलले अभियान नल्याइकन तलको जनसंगठन कुनै चल्दै नचल्ने भएको पनि गुनासो गरेका छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि