२१ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

एकीकृत निर्वाचनसम्बन्धी विधेयक तत्काल संसदमा पेस गर्न सरकारलाई संसदीय समितिको निर्देशन

२३ माघ, काठमाडौँ ।  एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशीघ्र पेस गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्मा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिएका हुन् ।

उनले भने, ‘निर्वाचन आयोगले एकीकृत निर्वाचनसम्बन्धी विधेयक सरकारमा पेस गरेको रहेछ । त्यसको तर्जुमा गरी संघीय संसदमा यथाशीघ्र पेस गर्न नेपाल सरकारलाई निर्देशन दिने निर्ण भएको छ ।’

त्यस्तै समितिले निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्न निर्देशन पनि दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि