२१ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

ललितपुरको टुङ्गन खोलामा गरियो पुल उद्घाटन

काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिका वडा नं ५ टुङ्गन खोलामाथि बनेको पुल उद्घाटन गरिएको छ । उक्त पुल उद्घाटन गर्दै संघीय सांसद् उदय शम्शेर राणाले प्रदेश सरकारमा योजना पुगेपछि रोकिएको भन्दै नयाँ नेतृत्व आएपछि पुलको काम सम्पन्न भएको बताए ।
उनले भने, ‘धेरै पहिले नै हामी सबै राजनीतिक दलका राजनीतिक कर्मीहरु मिलेर पुल निमार्णमा लाग्यौं । संघीय सरकार मार्फत हामीले काम सुरु गरेका थियौं, तर प्रदेशमा गएपछि तीन बर्षसम्म काम रोकियो । फेरी देशमा नयाँ नेतृत्व आएपछि पुलको काम सम्पन्न भयो । त्यसको दुई महिना पछि बाढि आयो । यो पुल नबनेको भए चन्दनपुर बजार बाकी रहदैनथ्यो।’
उनले ललितपुर, रौतहट वैकल्पित राजमार्गको रुपमा काम भैइरहेको पनि बताए । यस्तै महाङ्काल गाउपालिकाका अध्यक्ष गणेश बहादुर केसीले गाउँपालिकामा धेरै ठुला ठुला खोलाहरु भएको तर पुल कतै नभएको बताए ।
उनले भने,‘यहाँ दुर्लुङ खोला, टुङ्गन खोलासहित धेरै ठुला ठुला खोलाहरु छन् । यी खोलाहरुमा कहिँकतै पुल छैन, यहाँ एउटा पुल बन्यो तर बाढिले पुलसँगै झण्डै ज्यानै लग्यो।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि