२१ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

बेलायती राजकुमार दम्पतीले राष्ट्रपतिलाई भेट्दै

काठमाडौं । नेपाल भ्रमणमा आइपुगेका बेलायती राजकुमार दम्पती एक सातासम्म नेपालमा रहने भएका छन् ।
मंगलबार विहान काठमाडौं उत्रिएका बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ राजकुमार एडवार्ड र राजकुमारी सोफिया राष्ट्रपति रामचन्द्र पौडेलसँग विशेष भेट गर्ने कार्यक्रम रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै लैनचौरस्थित बेलायती दूतावास गएका थिए । उनीहरुले आज दिउसो नै शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्ने कार्य तालिका रहेको नेपालस्थित बेलायती दूताबासले जनाएको छ ।
६ दिनको नेपाल बसाइका क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा आयोजना हुने एक विशेष समारोहमा सहभागी हुने तर अन्य स्थानको भ्रमणबारे टुंगो लागिनसकेको दूताबासले जनाएको छ । उनीहरु २७ गते साँझ स्वदेश फर्किने तालिका छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि