२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूबिच प्रदेशसभा सञ्चालनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने तय गरिएको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मंगलबार अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन्। प्रदेशसभाको माघ २३ गते बिहान ११ बजे बस्ने बैठकको कार्यक्रम र सत्तापक्ष र प्रतिपक्ष दल बिचको विवाद समाधानका लागि बैठक आह्वान गरिएको उनले बताए ।

प्रदेश सरकारले ल्याएका विभिन्न ४ वटा विधेयकलाई दफावार छलफल तथा संशोधनका लागि समितिमा पठाएर पारित गर्नुपर्ने भएपनि संसदको कार्यक्रम अघि बढ्न सकेको छैन । दलहरू बिच सहमतिको वातावरण तयार गर्न सर्वदलीय बैठक आयोजना गरिएको सभामुख पाठकले बताए ।

प्रदेशसभाको गत माघ १८ गते बसेको बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा संसदमा पेश गर्न तयार गरिएको विधेयक सम्बन्धी कार्यसूची हटाइएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि