२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्ष विहिन,भोली फेरी बस्ने

काठमाडौं । जनता समाजवादीपार्टी (जसपा) नेपालको केन्द्रीयकार्यकारिणी समितिको दोस्रो दिनको बैठकभोली फेरी बस्नेगरी सकिएको प्रवक्ताछ ।
आजबोल्ने मानिसको पालो नसकिएको र विषयमाथिको छलफल बाँकी नै रहेकाले भोली बिहान ११ बजे बस्नेगरी स्थगितभएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
उनले भने,‘आज बोल्ने मानिसको पालो नसकिएको र विषयमाथिको छलफल बाँकी नै रहेकाले भोलीबिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।’
बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल भएको छ ।
आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राखे ।
बैठकमा जसपा नेपालले गतभदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेण्डा बनाएको छ ।
त्यस्तै सरकारले ल्याएको अध्याधेश, मधेस केन्द्रितदलहरु बीचको मोर्चा, नो केबलकार आन्दोलन लगायतका वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेण्डामा बैठक केन्द्रित रहेको उनले बताएका छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि