१८ कार्तिक २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल

काठमाडौं । शिक्षा समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल भएको छ ।
आइतबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको हो ।
छलफलमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुर्खेत मेडिकल कलेज, बुटवल मेडिकल कलेज तथा बर्दिबास मेडिकल कलेजसहित आगामी समयमा स्थापना हुने चिकित्सा विधातर्फका कलेजहरु यसै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुनसक्ने छन् भन्ने अवधारणाकासाथ विधेयक ल्याएको जानकारी गराइन् ।
उनले भनिन्,‘सुर्खेत मेडिकल कलेज, बुटवल मेडिकल कलेज तथा बर्दिबास मेडिकल कलेजसहित आगामी समयमा स्थापना हुने चिकित्सा विधातर्फका कलेजहरु यसै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुन सक्नेछन् भन्ने अवधारणा चाँही छन् । अहिलेसम्म भएका प्रष्ठिानहरु र स्वास्थ्य विधासँग सम्बन्धित विधाहरु यसैसम्बन्धित हुन्छन् भन्ने अवधारणाकासाथ आएको हो ।’
त्यस्तै सभापति अम्मर बहादुर थापाले कानुन दोहोर भाषा नलाग्नेगरी बनाउन सुझाव दिए ।
उनले भने,‘कानुन प्रष्ट लेखिनुपर्छ । दोहोरो तेहरो भाषा लाग्ने गरेर कानुन बनाउनुहुँदैन् । कार्यविधि बनाउने कुरा अलग हो । निर्देशिका बनाउने कुरा पनि यसले रोक्दैन तर कानुनले सही मार्ग देखाउनुपर्छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि