९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

भ्रष्टाचार, कालोबजारी र महंगीविरुद्ध समाजवादी मोर्चाको प्रदर्शन

१८ माघ, काठमाडौं । भ्रष्टाचार, कालोबजारी र महंगी विरुद्ध समाजवादी मोर्चामा आवद्ध युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

समाजवादी मोर्चा नेपाल सम्बद्ध युवा मोर्चाले शुक्रबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेर संयुक्त बिरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालका अध्यक्ष सुवोधराज श्रीपालीले अहिलेको सरकारले भष्ट्राचार न्यूनीकरण गर्ने नाममा भष्ट्राचारीलाई नै काखी च्यापेर व्यक्तिगत रुपमा सम्पत्ति जम्मा गरिरहेको आरोप लगाए ।

उनले भने, ‘एमाले–कांग्रेसको सरकारले भ्रष्ट्राचारलाई रोक्ने निहूँमा सम्पत्ति जम्मा गरिरहेको छ । एमाले पार्टीले मीनबहादुर गुरुङजस्ता राज्यलाई कर छली गर्ने ठूलो व्यापारीलाई बोकेर भ्रष्टाचार गरिरहेको छ ।’

उनले समाजवादी मोर्चामा जोडिएका दलका कुनैपनि नेता कार्यकर्ता भष्ट्राचारमा नजोडिएको दाबी पनि गरे । उनले माओवादीमाथि आरोप लगाउनुको कुनै अर्थ नरहेको पनि बताए ।

उनले भने, ‘समाजवादी मोर्चामा जोडिएका कुनैपनि नेता कार्यकर्ता भष्ट्राचारमा जोडिएका छैनन् । प्रचण्डले सरकारको नेतृत्व गर्दा पनि आफनै पार्टीका जिम्मेवार नेताहरुलाई समेत पक्राउ गरेर कारबाही गरेका थिए । त्यसकारण हामीलाई आरोप लगाउनेहरु भनेको गिरिबन्धु टी स्टेट सट्टापट्टा गरेर खानेहरु, ललिता निवास निलेर मोटाएकाहरुले हो । आरोपको कुनै अर्थ छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि