Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बढ्यो सुन र चाँदीको मूल्य

रातो कागज
4 महिना अघि

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार माघ १८ गते शुक्रबार सुनको मूल्य तोलामा बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ । बिहीबार यसको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला १ हजार ९१५ रुपैयाँ पुगेको छ । बिहीबार यो मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया