९ पुष २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

अवैध लागूऔषधसहित एक जना पक्राउ

पोखरा । पोखरा ल्याइँदै गरेको अवैध लागूऔषधसहित स्याङ्जामा एक जना युवा पक्राउ परेका छन् ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका – १३ देवकोटाचोकका १९ वर्षीय अंगत सेन्चुरी अबैध लागूऔषध पोखरा ल्याउँदै गर्दा स्याङ्जामा पक्राउ परेका हुन् ।
सोमबार राती ९ बजे बुटवलबाट पोखरा जाँदै गरेको हाइसमा सवार सेन्चुरीलाई सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका – १ बसपार्कमा सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
अभियुक्त सेंचुरीको साथबाट नाइट्राभेट – १० नामक नियन्त्रित लागूऔषध २० पत्ता बरामद भएको र सो सम्बन्धमा आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि