११ मंसिर २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

रामेछापको उमाकुण्ड र गोकुलगंगामा सुनुवार कोइँच लिपिको प्रशिक्षण

रामेछाप । सुनुवार समुदायको बाहुल्यता रहेको रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा सुनुवार समुदायको कोइँच लिपिको प्रशिक्षण कार्यक्रम भएको छ ।
कोइँच भाषाको संरक्षण र जगेर्नाको लागि सुनुवार सेवा समाज संघीय समितिले सो प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । उमाकुण्डमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा विभिन्न क्षेत्रका १ सय ४० जनाले सहभागिता जनाएका थिए ।
उमाकुण्डको बाम्ती र प्रति गरी दुई ठाउँमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रममा सुनुवार समुदायका विभिन्न क्षेत्रमा कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो । प्रशिक्षण दुई÷दुई दिनको राखिएको थियो ।
यसै गरी गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालुमा पनि कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले कोइँज लिपिबाट द, क लेखेर प्रशिक्षण कार्यक्रम उद्घाटन गरेका थिए । प्रशिक्षण कार्यक्रममा समाजका विभिन्न क्षेत्रका ६० जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै खड्काले सुनुवार समुदायको बाहुल्यता रहेको गोकुलगंगा गाउँपालिकामा कोइँच भाषालाई कामकाजी भाषा बनाउने र मातृभाषा शिक्षा लागु गराउने प्रतिबद्धता व्यक्त गरे । यसको लागि विज्ञहरूलाई सहयोग गर्न उनले अनुरोध गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि