२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन

काठमाडौँ, १४ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई(मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ ।
पार्टीको विधान, २०१७ संशोधन सहित को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेका विभागमा आज १० सदस्य मनोनय गरेका हुन् । मनोनयन भएका सदस्यमा बाराका कृष्णवर्त सिंह,  कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहाका अरूणकुमार सिंह, रौतहटका रामकृपाल यादव, काठमाडौँका दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी रहेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए ।
विभागले तरार्ई-मधेस क्षेत्रका पार्टी नेता, कार्यकर्ताबीच समन्वय गरी सङ्गठन सुदृढीकरणमा सक्रिय हुने प्रमुख यादवले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि