२७ आश्विन २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था

सिमकोट, हुम्ला, १४ माघ । हुम्ला जिल्ला अस्पतालमा ज्येष्ठ नागरिकको लागि उपचार सहजताका लागि छुट्टै शय्याको व्यवस्था गरिएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकमा अन्य बिरामीसँगै उपचार हुँदा समस्या हुने भएकाले पनि उनीहरूको उपचारमा सहज होस् भनेर छुट्टै शय्याको व्यवस्था गरिएको सामाजिक सुरक्षा इकाइ शाखाका उजिर बोहराले बताए । उपचारका लागि आउने ज्येष्ठ नागरिकका लागि दुई शय्या र ज्येष्ठ नागरिकलाई न्यानोका लागि दुई हिटरको व्यवस्था गरेको बोहराले बताए ।

जिल्ला अस्पतालमा चार वर्षदेखि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट ज्येष्ठ नागरिक कार्यक्रम लागूहुँदै आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतिक्षा भारतीले बताए । माघदेखि अस्पतालमा भर्ना भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो व्यवस्था गरिएको उनले बताए । उनका अनुसार ७५ वर्ष भन्दामाथिका सबै खाले ज्येष्ठ नागरिकलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निःशुल्क छ ।

त्यसैगरि ६५ देखि ७४ वर्षको ज्येष्ठ नागरिकलाई ७५ प्रतिशत छुट र ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक कार्यक्रमका लागि रू दश लाख बजेट केन्द्रबाट उपलब्ध हुँदै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि