२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री

रामेछाप । विद्यार्थीहरूले सहयोग सङ्कलन गरेर विद्यार्थीलाई नै शैक्षिक सामाग्री वितरण गरेका छन् ।
अनेरास्ववियु मन्थली नगर कमिटीले संगठनको दोस्रो अधिवेशन सम्पन्न भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा मन्थली नगरपालिका–१४ फुलासीका दुईवटा आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
सो वडाको श्री भीमेश्वर आधारभूत विद्यालयले र श्री मिल्ती जनज्योति आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमा नै गएर शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियु मन्थली नगरपालिका कमिटी अध्यक्ष उत्सव केसीले जानकारी दिए ।
ती विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई कपि, पेन्सिल, सापनर, इरेजर लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको उनले बताए ।
कार्यक्रममा संगठनकी केन्द्रीय सदस्य आङलामु शेर्पा, जिल्ला अध्यक्ष पुष्कर भट्टराई, वडाका जनप्रतिनिधि, राजनीतिक दल तथा विद्यार्थी संगठनका नेताहरू लगायतको सहभागिता रहेको थियो । विद्यार्थी संगठनले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेर रचनात्मक काम गरेको भन्दै विद्यालयका प्रधानाध्यापकहरुले खुसी व्यक्त गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि